skip this

पशुपति युवा क्लब गुजरा फाइनलमा प्रवेश, उपाधिका लागि सिंगौल एफसीसँग भिड्ने

75 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–बाराको निजगढमा सञ्चालन भइरहेको दोस्रो सिंगौल नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आईतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पशुपति युवा क्लब गुजरा विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

पशुपति युवा क्लब गुजराले ट्रयाक्टर संघ निजगढ–४ लाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा सिंगौल एफसीसँगको भेट पक्का गरेको हो ।

पशुपतिको जितमा खेलको अन्तिम मिनेटमा राजकुमार तामाङ्गले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका पशुपतिका राजकुमार तामाङ्ग म्यान अफ द म्याच घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिकाका कार्यपालिका सदस्य मानबहादुर डासेली  (अर्जन) ले ट्रफी प्रदान गरेका थिए ।


प्रतियोगिताअन्तर्गत फाईनल खेल मंगलबार दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगिताको अवसरमा सोमबार दिउँसो ३ बजे महिला टिमको मैत्रीपूर्ण फुटबल आयोजना गरिएको आयोजक बन्देवी युवा क्लबका सचिव हस्तबहादुर दर्लामीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630