भोटेकोशी बाढीपीडितका लागि बकैया नागमणी सामुदायिक वन निजगढको १ लाख १ हजार सहयोग
वि.सं.२०८३ भदौ ३१ बुधवार २०:४४

बारा-भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गरेको छ ।
देश विपत्तिमा परेको अवस्थामा आफूहरूले पनि सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ उक्त रकम सहयोग गरिएको सामुदायिक वन समूहका अध्यक्ष शालिकराम ढुंगानाले जानकारी दिए ।
बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामुदायिक वन समूहले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको अध्यक्ष ढुंगानाले बताए ।
भोटेकोशी बाढीबाट विभिन्न जिल्लामा जनधनको क्षति भएपछि पीडित परिवारको सहयोगका लागि स्थानीय संघसंस्था, विद्यालय, सहकारी तथा विभिन्न समूहले राहत कोषमा आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ।
वि.सं.२०८३ भदौ ३१ बुधवार २०:४४

















