skip this

जीतपुरसिमरा–२१ मा भूमिसम्बन्धी समस्या समाधानका लागि कागजात जिल्ला समितिमा बुझाइयो

192 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- जीतपुरसिमरा उपमहानगरपालिका–२१ मा भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यक नापजाँच तथा प्रमाणीकरणको प्रक्रिया पूरा गरी सम्पूर्ण कागजात जिल्ला भूमि समस्या समाधान समिति, बारामा बुझाइएको छ ।

वडा तथा नगर सहरीकरणलगायत कार्यपालिकाबाट आवश्यक प्रमाणीकरण पूरा गरी २०८३ साल भदौ ३० गते जिल्ला भूमि समस्या समाधान समितिमा कागजात बुझाइएको वडा नम्बर २१ का अध्यक्ष सुभाष श्रेष्ठले जानकारी दिएका छन् ।

समस्या समाधानको प्रक्रियालाई यहाँसम्म ल्याउन पूर्व आयोगका अध्यक्ष भरतबहादुर घले, आयोगका सदस्य सचिव सुबोध यादव लगायतका पदाधिकारी, नापजाँचमा खटिएका प्राविधिक टोली, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपमेयर भोला प्रसाद अधिकारी, कार्यपालिका सदस्य, नगर सहरीकरणका सदस्य तथा वडा नम्बर २१ का पूर्व वडा अध्यक्ष कृष्णबहादुर शाही ठकुरी लगायतको महत्वपूर्ण सहयोग रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

त्यस्तै, वडा नम्बर २१ का सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, वडा सदस्य, वडा सहरीकरणका सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति अध्यक्ष श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन् ।

भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढेसँगै लामो समयदेखि जग्गासम्बन्धी समस्या झेल्दै आएका स्थानीयवासीमा समाधानको अपेक्षा बढेको छ ।

nijgadh-supermart-adz1200-630