skip this

केरलामा बाढी र पहिरोमा ११ जनाको मृत्यु, १३ बेपत्ता

1.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

केरला : भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेरर ११ जनाको मृत्यु भएको छ ।
    इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ जना हराइरहेका छन् । कोटयाममा ९ जनाको र इडुक्कीमा २ जनाको शब भेटिएको थियो ।
    पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई तीब्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताए । बाढी प्रभावित क्षेत्रमा सेना, पनडुब्बी र हवाई फौज परिचालन गरिएको छ ।
    पहिरोले रुख ढाल्दा बिभिन्न ठाँउमा सडक अबरुद्ध भएको छ । अझै पनि पानी परिरहेकोले उद्दार कार्य प्रभावित भएको छ ।

nijgadh-supermart-adz1200-630