skip this farak Kura Pravakar

भारतद्वारा अग्नि–५ मिसाईलको सफल परीक्षण

660 shares
oil-nigam-amlekhgunj-adv.jpeg

नयाँ दिल्ली : भारतले अग्नि–५ मिसाईलको सफल परीक्षण गरेको छ ।
    उडिसाको एपीजे अब्दुल कलाम टापुबाट सतहबाट सतहमा पुग्ने मिसाईल परीक्षण गरेको हो । मिसाईलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ । मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले बिकिसत गरेको थियो ।
    अन्तरमहादेशीय व्यालेष्टिक मिसाईल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ । जुनमा भारतले अग्नि प्राइम मिसाइल परीक्षण गरेको थियो ।
     आणविक क्षमतायुक्त सो मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।

nijgadh-supermart-adz1200-630