युद्धबिरामका बिचमा प्यालेस्टाइनी भूमिबाट इजरायलमा रकेट प्रहार
वि.सं.२०८० मंसिर १५ शुक्रवार १०:४८
1.12K
shares

गाजा– इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा पट्टीबाट इजरायलको सिमानामा सो रकेट प्रहार गरेको जनाएको हो ।
युद्धबिराम कायमै रहेको बेला भएको रकेट हमला पछि इजरायलले त्यसको जानकारी दिएको हो । जसअनुसार सेनाले एउटा रकेट पत्ता लगाएको र हवाई रक्षाद्वारा रोकिएको बताएको छ।
यसअघि, इजरायली मिडियाले देशको आइरन डोम मिसाइल प्रतिरक्षा प्रणालीको एक भागको रूपमा साइरन अन गरिएको रिपोर्ट गरेको थियो, जसले आगमन रकेटहरू पत्ता लगाउने गर्दछ।
प्यालेस्टिनी सशस्त्र समूहहरूबाट यसमा तत्काल कुनै प्रतिक्रिया आएको छैन।
वि.सं.२०८० मंसिर १५ शुक्रवार १०:४८
















