मुख्यमन्त्रीले विश्वासको मत लिनु अघिल्लो दिन शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा
लोसपाले पनि लियो समर्थन फिर्ता

वि.सं.२०८२ असोज २७ सोमवार १८:१६

बारा–मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।
विश्वासको मतको तयारीका लागि सोमबार प्रदेश सभा सचिवालयमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।
प्रदेश सभाको बैठक समय तालिका तय गर्न बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभाका सभामुख, दलका नेताहरू र सम्बन्धित अधिकारीहरू सहभागी छन् ।
बैठकले मुख्यमन्त्री सिंहले विश्वासको मत लिने मिति, समय र कार्यसूची टुङ्ग्याउने अपेक्षा गरिएको छ ।राजनीतिक दलहरूबिचको नयाँ समीकरण बनेपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
उनी जनमत पार्टी, नेपाली कांग्रेस,नेकपा एमाले र लोसपाको समर्थनमा सरकार सञ्चालन गरिरहेका छन् ।
शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा
शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले मधेस प्रदेश सरकारबाट राजीनामा दिएकी छिन् ।
मन्त्री तिवारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा बुझाएकी हुन् र आजैदेखि लागू हुने जानकारी गराइन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाबाट प्रतिनिधित्व गर्ने तिवारीले राजीनामा दिएकी हुन् ।
लोसपाले पनि लियो समर्थन फिर्ता
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
लोसपासहित आफ्नै पार्टी जनमत, काँग्रेस र एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतिशकुमार सिंह स्पष्ट अल्पमतमा परेका छन् ।

वि.सं.२०८२ असोज २७ सोमवार १८:१६