skip this farak Kura Pravakar

निजगढ क्रिकेट क्लबका सिनियर र जुनियर खेलाडीहरूबीच मैत्रीपूर्ण खेल सम्पन्न (फोटोफिचर)

585 shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढ–६ स्थित खेलमैदानमा निजगढ क्रिकेट क्लबका सिनियर र जुनियर खेलाडीहरूबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको निजगढ सीनियर ले १५.५ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनको योगफल तयार पा¥यो ।

सिनियर तर्फबाट बुद्धि राना मगर ले १७ बलमा १३ रन (१ चौका, १ छक्का) जोडे,अन्य खेलाडीहरूबाट सानो योगदान आए दोहोरो अङ्कमा रन जोड्न सकेनन् र ८४ रनको लक्ष्य प्रस्तुत गर्न सफल भयो ।

 बलिङतर्फ निजगढ जुनियरका दीपक गुप्ताले शानदार प्रदर्शन गर्दै ५ विकेट लिए भने कमल श्रेष्ठ र शंकर पौडेलले समान २–२ विकेट हात पारे ।

जवाफमा ब्याटिङ गर्न आएको निजगढ जुनियर १२.३ ओभरमै ७७ रनमा अलआउट भयो ।
जुनियर तर्फबाट दीपक गुप्ताले ब्याटिङमा पनि १२ बलमा १७ रन (२ चौका, १ छक्का) जोडे, भने शंकर पौडेलले १९ बलमा १३ रन र उत्कर्ष तिमल्सिनाले २१ बलमा ११ रन (१ छक्का) जोड्न सफल भए ।

बलिङतर्फ सिनियरका प्रदीप अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने साजेस मैनालीले दुई विकेट लिन सफल भए ।

खेलको म्यान अफ द म्याच निजगढ जुनियरका दिपक कुमार गुप्ता भए । उनले बलिङतर्फ पाँच विकेट र ब्याटिङ तर्फ १७ रन जोडेका थिए ।

पुर्व खेलाडीहरु र अहिलेका खेलाडीहरू बिच आज भएको मैत्रीपूर्ण खेल निकै रोमाञ्चक भएको निजगढ क्रिकेट क्लबका अध्यक्ष निर्मल सापकोटाले बताए । उनले नगरवासी खेलप्रेमी महानुभावहरुमा यस खेललाई निजगढको अभिन्न खेल संस्कारको रुपमा विकास गर्न हातेमालो गर्दै अगाडी बढ्न आवहान गरेका छन् ।

उनले प्रतियोगिताका दर्शक, सम्पूर्ण खेलाडी तथा खेलप्रेमी शुभचिन्तक महानुभावहरुमा धन्यवाद व्यक्त गरेका छन् ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630