जीतपुरसिमरा –१४ की वडा अध्यक्ष चयन गुरुङ ‘उत्कृष्ट महिला जनप्रतिनिधि’ सम्मानित
वि.सं.२०८२ भदौ १४ शनिवार १८:२०

बारा- वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न बृहत महिला सम्मेलन २०८२ मा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ की वडा अध्यक्ष चयन गुरुङलाई ‘उत्कृष्ट महिला जनप्रतिनिधि’ विधामा सम्मानित गरिएको छ ।

सम्मेलनमा पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले गुरुङलाई सम्मानपत्र तथा स्मृतिचिन्ह प्रदान गर्नुभएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट महिला उद्यमी, जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरूलाई पनि सम्मान गरिएको थियो ।
वडा अध्यक्ष गुरुङले यो सम्मान आफूलाई अझ जिम्मेवारीका साथ कार्य गर्न प्रेरणा मिलेको बताउँदै, वडा विकास, महिला सशक्तीकरण र स्थानीय स्तरमा सेवाप्रवाहलाई प्रभावकारी बनाउन निरन्तर प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, प्रदेश र स्थानीय तहका प्रतिनिधि, व्यवसायी, महिला उद्यमी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
वि.सं.२०८२ भदौ १४ शनिवार १८:२०

















