भारतको झारखण्डस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको मृत्यु
वि.सं.२०७९ माघ १८ बुधवार ०९:१५
810
shares

काठमाडौं । भारतको झारखण्ड राज्यको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ भने आगो निभाउने र उद्धार कार्य जारी छ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार धनवाद सहरस्थित आशीर्वाद अपार्टमेन्टमा आगो लागेको थियो।
आगलागीमा परेर अहिलेसम्म ११ जना महिला, दुई बालबालिका र अर्का एक जना पुरूषको शव फेलापरेको छ।धेरै मानिस आगो लागेको अपार्टमेन्टमा फसिरहेको प्रहरीले जनाएको छ।
वि.सं.२०७९ माघ १८ बुधवार ०९:१५
















