सामाजिक उत्तरदायित्व निभाउँदै बिद्यासागर ई. बो. स्कुल ! नन्–ग्रेडेड विद्यार्थीलाई नि:शुल्क कक्षा सञ्चालन गर्ने
फरक नेपाल
वि.सं.२०८३ जेठ ५ मंगलवार १९:५१
876shares
बारा-बाराको निजगढ-७ स्थित बिद्यासागर ई.बाे. स्कुलले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (SEE) मा नन्–ग्रेडेड भएका विद्यार्थीहरूका लागि नि:शुल्क ग्रेडवृद्धि (पूरक) तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
विद्यालयले प्रकाशित सूचनाअनुसार हालै सार्वजनिक भएको SEE नतिजामा ग्रेड सुधार गर्नुपर्ने निजगढ नगरपालिका भित्रका विद्यार्थीहरूलाई लक्षित गरी विशेष तयारी कक्षा सञ्चालन गर्न लागिएको हो । विद्यार्थीहरूको उज्ज्वल भविष्यलाई मध्यनजर गर्दै अनुभवी तथा दक्ष शिक्षकमार्फत कक्षा सञ्चालन गरिने विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार पहिलो सम्पर्क गर्ने ३० जना विद्यार्थीलाई मात्र कार्यक्रममा सहभागी गराइनेछ । कक्षामा गणित, विज्ञान, लेखा तथा सामाजिक विषयको तयारी गराइनेछ ।
कक्षा आगामी २०८३ साल जेठ ७ गतेदेखि सुरु हुने तथा हरेक दिन बेलुका ४ बजेदेखि सञ्चालन हुने जनाइएको छ । कक्षा सञ्चालन स्थान बिद्यासागर ई.बाे. स्कुल रहनेछ ।
विद्यालयले यो कार्यक्रम पूर्ण रूपमा नि:शुल्क रहेको स्पष्ट पार्दै इच्छुक विद्यार्थीहरूलाई समयमै नाम दर्ता गराउन आग्रह गरेको छ । थप जानकारीका लागि ९८४५७९२५०० मा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ ।