skip this

प्रचण्डले एमसीसीलाई लेखेको पत्रको खण्डन गर्न समाजवादीको सुझाव

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले अमेरिकी सहायता परियोजना (एमसीसी) बारेको पत्रको खण्डन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।

नेपालमा राष्ट्रिय सहमति कायम गरेर एमसीसी पारित गर्ने प्रतिवद्धतासहित प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पठाएको पत्र सार्वजनिक भएको छ ।

‘कमरेड प्रचण्डलाई देशभक्त नेपाली नागरिकको रुपमा र कम्युनिष्ट पार्टीको अध्यक्षका रुपमा आफूलाई परीक्षण गर्ने सुन्दर मौका प्राप्त भएको छ,’ नेपाल प्रेससँग कुरा गर्दै खतिवडाले भने, ‘कृपया यो पत्रको खण्डन गर्नुहोस् । एमसीसीका विपक्षमा दरोसँग आफू र आफ्नो पार्टीलाई उभ्याउनुहोस् ।’

https://faraknepal.com/11140?

https://faraknepal.com/11131

 

nijgadh-supermart-adz1200-630