skip this

निर्मला पन्त हत्याकाण्ड : शंकास्पद भारतीय नागरिकको डिएनए म्याच भएन

2.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानको सिलसिलामा पक्राउ गरिएका भारतीय नागरिकको डिएनए भेजाइल स्वाबसँग म्याच भएन । डिएनए म्याच नभएसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई रिहा गरेको छ ।

२०७८ मंसिर २५ मा पक्राउ गरिएका भारतिय नागरिक निकार अलि हसनलाई डिएनए म्याच नभएसँगै थुनामुक्त गरिएको प्रहरीले जनाएकाे छ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षिया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका हसन कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे ।

हसनको डिएनए स्याम्पल केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा परिक्षण गरिएको थियो ।

डिएनएको रिपोर्ट नआउन्जेल कञ्चनपुर प्रहरीले उनलाई अभद्र व्यवहारको आरोपमा प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर हिरासतमा राखेको थियो ।

nijgadh-supermart-adz1200-630