skip this farak Kura Pravakar

सगुन शाही र बशिष्ठ ठकुरीको अभिनयमा “तिमी जहाँ जहाँ” सार्वजनिक (भिडियो सहित)

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । नेपाली गीत संगीतका अनुरागीहरु माझ फरक फरक सांगीतिक प्रस्तुति बजारमा आइरहेका छन् । यसरी बजारमा आएका कतिपय गीतहरु वियोगान्त भाव बोकेका हुन्छन् भने कतिपय संयोगान्त भावमा हुने गरेका छन् ।

यस भित्र पनि लोक दोहोरी तथा आधुनिक लगाएत गीतहरुका प्यासी फरक(फरक श्रोता रहेका छन् । कसैलाई खानाको परिकारमा के मन पर्छ कसैलाई के मन पर्छ भने झैं गीत संगीत सुन्न र हेर्नमा पनि मानिसको चाहना अनुसार हुने गर्दछ ।

यसै क्रममा बिगत लामो समय देखि नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि समर्पित नाम प्रियसी म्युजिक म्युजिक प्रालिले आधुनिक गीत संगीतका प्यासी मनहरुका लागि लक्षित गर्दै भर्खरै मात्र एक आधुनिक गीतलाई सार्बजनिक गरेको छ ।

उक्त आधुनिक गीत “तिमि जहाँ जहाँ” बोलको रहेको छ । संयोगान्त प्रेम भावमा सुसजित यस गीतमा बशिष्ठ ठकुरी र मतिना अवालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई शब्द संगीत सुरज शेखरले भरेका हुन् ।

“तिमि जहाँ जहाँ” बोलको गीतको म्युजिक भिडियोमा बशिष्ठ ठकुरी र सगुन शाहीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई बबिता श्रेष्ठ कथा तथा निर्देशन रहेको छ भने मुकेश हुँमागाईको छायांकन र सम्पादन मिन रावलले गरेका छन् ।

nijgadh-supermart-adz1200-630