skip this

फेसबुक लाइभमा जुत्ता व्यापारीले गरे विष खाएर आत्महत्या गर्ने प्रयास, श्रीमतीको मृत्यु

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

भारत उत्तर प्रदेशमा एक व्यापारीले फेसबुक लाइभ गरेर विष पिएका छन्। केन्द्र र राज्य सरकारको आर्थिक नीतिप्रति निराश भएका जुत्ता व्यापारीले आफ्नो ज्यान लिने कोसिस गरेका हुन्।

लाइभमा उनले सरकारले लगाएको जीएसटी र नोटबन्दीको नीतिले आफूहरुजस्ता साना व्यापारी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताएका छन्।

स्वास्थ्य गम्भीर अवस्था गम्भीर भएका ती व्यापारीलाई अस्पताल लगिएको छ। पतिले विष सेवन गरेपछि पत्नी उनलाई बचाउने प्रयासमा लागिन्। पति नबाँच्ने देखेपछि हतास भएर आफूले पनि विष सेवन गरिन्। पति बाँचे, पत्नीको भने मृत्यु भएको छ।

बीबीसीका अनुसार विष सेवन गर्ने व्यापारी राजीव तोमर हुन्। उनी जुत्ताका थोक व्यापारी हुन्।

nijgadh-supermart-adz1200-630