skip this farak Kura Pravakar

एमसीसी प्रकरण : अमेरिकाको धम्कीपूर्ण ‘नोटिस’बारे, दियाे नेपालले कडा जवाफ !

2.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने भन्दै धम्की दिएकाे छ ।

सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका हुन् ।

एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेपछि नेपालले त्यसकाे प्रतिरोध गर्दै कडा जफाब दिएको छ।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो,’ सामाजिक सञ्जालमा भनिएको छ, ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’

गत बुधबार तथा आज शुक्रबार एमसीसी समझौता संघीय संसदमा पेश हुनसक्ने भन्दै सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत अन्य दल तथा तिनका कार्यकर्ताले नयाँ बानेश्वर संसद भवन अगाडि प्रदर्शन गरेका थिए ।

बुधबार गरिएको प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो बल प्रयोग गर्नु परेको थियो भने शुक्रबारको प्रदर्शनमा दलका समर्थकहरुले टायर नै बालेर नाराबाजी गरेका थिए । यसक्रममा प्रहरीले प्रदर्शनलाई भड्किन नदिन एक सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

https://faraknepal.com/13020

https://faraknepal.com/13025

https://faraknepal.com/13020

 

nijgadh-supermart-adz1200-630