संसदीय सुनुवाइ विशेष समितिद्वारा प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान
वि.सं.२०७९ वैशाख ४ आइतवार ०७:४८
{"caption":"u0938u0902u0938u0926u0940u092f u0938u0941u0928u0941u0935u093eu0907 u0938u092eu093fu0924u093fu0915u094b u092cu0948u0920u0915 u0964 u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u0930u094bu0936u0928 u0938u093eu092au0915u094bu091fu093e/u0930u093eu0938u0938","photographer":"","alt_text":""}
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।गत शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको निर्णय अनुसार आइतबार सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएको हो ।
१२ वैशाखभित्र उजुरी दिन आह्वान गरिएको छ । त्यसपछि संसदीय सुनुवाइ हुनेछ । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।२४ चैतको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ पश्चात राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।
वि.सं.२०७९ वैशाख ४ आइतवार ०७:४८

















