विराटनगरमा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ
वि.सं.२०७९ वैशाख ५ सोमवार १२:३२
1.91K
shares

काठमाडौं । विराटनगर महानगरपालिका–९ मा पार्किङ गरेको को=२० प ५०१० नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रबिन मण्डल रहेका छन् । उक्त मोटरसाइकल शनिबार साँझ चोरी भएको थियो । उनीहरुमाथि जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ४ दिन म्याद थप गरी प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७९ वैशाख ५ सोमवार १२:३२

















