skip this farak Kura Pravakar

आधारभूत तह (कक्षा ५) को नतिजामा श्री जनज्योति आधारभूत विद्यालय निजगढकै उत्कृष्ट

858 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह (कक्षा ५) वार्षिक परीक्षामा निजगढ–९ स्थित श्री जनज्योति आधारभूत विद्यालय निजगढकै उत्कृष्ट भएको छ ।

नगरभित्र सञ्चालित ३२ वटा विद्यालयलाई पछि पार्दै उत्कृष्ट भएको विद्यालयका १३ जना विद्यार्थी सामेल भएकोमा शतप्रतिशत नतिजा ल्याएकोमा उच्च ४ जीपीए ल्याएको हो ।

१३ जना विद्यार्थी परीक्षामा सामेल भएकोमा ५ जनाले ‘ए’ प्लस, ५ जनाले ‘ए’, २ जनाले ‘बी प्लस’ र १ जनाले ‘बी’ ग्रेड ल्याउन सफल भएका छन् ।

नगरस्तरीय परीक्षामा शतप्रतिशत नतिजा ल्याउँदै प्रथम स्थान हासिल गरेपछि विद्यालयका प्रधानाध्यापक मनराज महतराले ऐतिहासिक क्षणको रूपमा वर्णन गरेका छन् ।

उनका अनुसार यो सफलता केवल नतिजामा सीमित नभई शिक्षकहरूको निरन्तर मेहनत, विद्यार्थीहरूको लगनशीलता तथा अभिभावकहरूको साथ, विश्वास र प्रेरणाको संयुक्त परिणाम हो। “हरेक सफलताको पछाडि लुकेको पसिना, त्याग र आशाहरू आज उपलब्धिमा परिणत भएका छन्,” उनले बताए।

विद्यालयको आधिकारिक फेसबुक आईडीमा स्टाटस् लेख्दै प्रधानाध्यापक महतराले विद्यालयको यात्रा सानो प्रयासबाट सुरु भई आज नगरकै उत्कृष्ट बन्न सफल भएको स्मरण गर्दै यस उपलब्धिले सबैको संघर्ष र चुनौतीको अर्थ पुष्टि गरेको उल्लेख गरे। उनले यसलाई विद्यालय परिवारको एकता, सहकार्य र प्रतिबद्धताको उदाहरणका रूपमा समेत व्याख्या गरे ।

यस सफलताले विद्यालयलाई थप जिम्मेवार बनाएको जनाउँदै आगामी दिनमा अझ चुनौतीपूर्ण यात्रालाई उत्साह, अनुशासन र समर्पणका साथ अघि बढ्दै उच्च उपलब्धि हासिल गर्ने अठोट लिएको पनि उनले बताए ।

उक्त ऐतिहासिक उपलब्धिमा योगदान पु¥याउने सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूप्रति उनले कृतज्ञता व्यक्त गर्दै सबैलाई बधाई तथा शुभकामना दिएका छन् ।

nijgadh-supermart-adz1200-630