मुगुमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप
वि.सं.२०७९ वैशाख २९ बिहीवार १६:०२
1.68K
shares

काठमाडौं ।मुगुको सोरु गाउँपालिका–३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
उनका अनुसार भिँई गाउँ भिरालोमा रहेको र माओवादी केन्द्रका वडाअध्यक्ष पदकी उम्मेदवार मनकोला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताले ढुंगा खसाल्ने सम्भावना भएकाले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएको छ ।झडपबाट नवीय क्षेति भने भएको छैन । अहिले दुवै पक्ष छलपल गरेर सामान्य अवस्था रहेको उनको भनाइ छ ।
वि.सं.२०७९ वैशाख २९ बिहीवार १६:०२

















