आजदेखि भक्तपुरमा दोस्रो राष्ट्रिय आर्थिक सम्मेलन सुरु हुँंदै
वि.सं.२०७९ जेठ २९ आइतवार ०९:२२

काठमाडौं । आजदेखि भक्तपुरको देकोचामा रहेको ख्वप कलेजमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन सुरु हुँंदैछ । सम्मेलन भोलि सोमबारसम्म चल्नेछ ।कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाए । दोस्रो दिन चार वटा टेक्निकल सेसन हुने उनले जनाए । पहिलो र दोस्रो दुवै दिन कि नोट स्पिकर रहने उनले जनाए ।
पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा ध्रुबकुमार गौतम र डा रामकुमार फुयाँल र दोस्रो दिन प्राडा आरन स्थापित, डा.जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएको छ । सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुति गर्ने छन् ।सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम छ ।
वि.सं.२०७९ जेठ २९ आइतवार ०९:२२
















