skip this farak Kura Pravakar

रुकुमपूर्वमा सबै स्थानीय तहद्वारा बजेट सार्वजनिक

1.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । रुकुमपूर्वमा सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । असार ९ गते आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेका तीन वटै गाउँपालिकाले १० गते बजेट गाउँसभामा पेश गरेका हुन् ।
सिस्ने गाउँपालिका

सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ५७ करोड ७६ लाख ४० हजार ४६४ पेश गरेको छ । जसमा सङ्घीय सरकार समानीकरण अनुदान १२ करोड २४ लाख, सङ्घीय सरकार सशर्त अनुदान २२ करोड ९७ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँट रु आठ करोड ९८ लाख ४७ हजार रहेको छ । सङ्घीय सरकार विशेष अनुदान रु एक करोड ७० लाख, सङ्घीय सरकार समपूरक अनुदान रु दुई करोड २० लाख, आर्थिक वर्ष २०७८र७९ को बजेट रु दुई करोड १४ लाख ४१ हजार ४ सय ६४ रहेको छ ।

प्रदेश सरकार समानीकरण अनुदान रु ६६ लाख ६४ हजार, प्रदेश सरकार सशर्त अनुदान रु एक करोड २० लाख, प्रदेश सरकार विशेष अनुदान रु ६० लाख, प्रदेश सरकार समपूरक अनुदान रु एक करोड ५० लाख रहेको छ ।

भूमे गाउँपालिका
भूमे गाउँपालिकाले आव २०७९–८० का लागि रु ५३ करोड ४२ लाख १२ हजार ४५२ बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सविना बुढा मगरले शुक्रबार गाउँसभामा आगामी आवको बजेट पेश गरेका हुन् ।

कूल विनियोजनमध्ये चालुतर्फ रु ३३ करोड छ लाख ४० हजार ४३० रहेको छ भने पुँजीगततर्फ रु १९ करोड ३५ लाख ७२ हजार रहेको छ । आन्तरिक राजस्वबाट रु ७५ लाख ५० हजार २८२, राजस्व बाँडफाँटबाट रु १० करोड १५ लाख एक हजार ७० तथा गत वर्षको अनुमानित मौज्दात रु तीन करोड २२ लाख ६७ हजार गरी आन्तरिक आयबाट जम्मा रु १४ करोड १३ लाख १८ हजार ३५२ बेहोरिने भएको छ ।

यसैगरी वित्तीय समानीकरण अनुदानबाट रु १२ करोड ९४ लाख ७४ हजार, सशर्त अनुदानबाट रु २१ करोड १४ लाख र स्थानीय जनसहभागिताबाट रु ४० लाख स्रोत बेहोरिने पालिकाले जनाएको छ । समपूरक अनुदानबाट रु दुई करोड, विशेष अनुदानबाट रु एक करोड ६० लाख बेहोरिने भएको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका
पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढाले आर्थिक वर्ष २०७९–८० का लागि रु ५१ करोड २६ लाख ३९ हजार बजेट गाउँसभामा पेश गरेका छन् । जसमा सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान रु ११ करोड ५५ लाख छ । सङ्घीय सरकारको राजस्व बाँडफाँट रु १० करोड १३ लाख ५५ हजार प्राप्त हुने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशको वित्तीय समानीकरण अनुदान रु ६३ लाख ४७ हजार, राजस्व बाँडफाँट रु ६६ लाख ३५ हजार प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाको आन्तरिक स्रोत रु ५० लाख र गत आवको मौजाद रु ५० लाख छ ।

यस्तै आर्थिक विकासतर्फ रु एक करोड ५० लाख अनुमानित बजेट छ । जसमा कृषि र पशुमा रु ६०र६० लाख र पर्यटनमा रु ३० लाख रहेको छ । समाजिक विकासतर्फ रु सात करोड ६० लाख अनुमानित बजेट छ । यसमा शिक्षातर्फ रु पाँच करोड ५० लाख, स्वास्थ्यमा रु ९० लाख र लैङ्गिक समानता तथा समाजिक समावेशीकरणमा रु एक करोड २० लाख रहेको छ । पूर्वाधारतर्फ अनुमानित बजेट रु सात करोड ४८ लाख ३९ हजार छ । जसमा प्रदेश सरकार समपूरक अनुदान रु एक करोड २५ लाख, प्रदेश सरकार समपूरक अनुदान दायित्व रु एक करोड २५ लाख रहेको छ ।

वन वातावरण तथा विपद् व्यवस्थापनमा अनुमानित बजेट रु ४० लाख छ । जसमध्येमा फोहरमैला व्यवस्थापन एवं वृक्षरोपण कार्यक्रममा रु १० लाख र विपद् व्यवस्थापनमा रु ३० लाख रकम प्रस्ताव गरिएको छ । तीनवटै पालिकाको गाउँसभामा पेश भएको बजेटमाथि छलफल सुरु गरिएको छ ।

nijgadh-supermart-adz1200-630