skip this

बेहुली टेलिचलचित्र भाग –२८ सार्वजनिक ( भिडियो सहित )

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । टेकेन्द्र कार्की र कमल योञ्जन तामाङ द्वारा निर्देशित बेहुली टेलिचलचित्र भाग –२८ सोमबार सार्वजनिक गरिएको छ । समाजमा घटिरहेका नारीका यथार्थ घटना, उनीहरुका भोगाई र बेदनालाई बेहुली टेलिचलचित्र उतार्ने प्रयास गरेको प्रस्तुतकर्ता कमल योञ्जन तामाङको भनाई छ ।

नारीको दुख,पिडा बेदनालाई समेटेर बनाईएको उक्त टेलिचलचित्रलाई दर्शकले निकै रुचाएका छन् । टेलिचलचित्रको कथा लेखक तथा निर्देशन टेकेन्द्र कार्की र कमल योञ्जन तामाङले गरेका छन् भने कार्यकारी निर्माता पुजा शाही र सविना मगर रहेका छन् ।

कमल योञ्जनको प्रस्तुती रहेको टेलिचलचित्र बेहुली प्रत्येक सोमबार सांझ ७ ३० बजे ओमकार टेलिभिजनमा र ८ बजे मा रोमान्टिक नेपाल नामक युटुब च्यानलमा प्रसारण गरिने छ । उक्त टेलिचलचित्रमा सितल केसी, कमल योञ्जन तामाङ, र कमल योञ्जन तामाङ,अस्मिता तोयाना र रोशनी ब्लोनले मुख्यले भुमिका निभाएका छन् ।

रामेश्वर जिरेलको श्रृङ्गार रहेको टेलिचलचित्र बेहुलीमा वरिष्ठ कलाकार सितल केसी, रोशनी सापकोटा, बद्री पुडासैनी, लछुमन चौलागाई, अजय खड्का, रोशनी ब्लोन, गोपाल दुंगाना, सन्तोष कार्की, डोमा ह्योल्मो , कमल योञ्जन तामाङ, टेकेन्द्र कार्की, पुजा शाही, ममता श्रेष्ठ, अस्मिता तोयाना , गणेश पराजुली रहेका छन् ।

भिडियो हेर्न यहां क्लिक गर्नुहोस्

nijgadh-supermart-adz1200-630