skip this

वाणगंगामा नदीले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ स्थित कोईली नदी तर्ने क्रममा बगाएर सोही नगरपालिका–७ बाडीगाँउ बस्ने ३१ वर्षीया राममाया सुनारको मंगलबार बिहान मृत्यु भएको छ । राममाया, उनको श्रीमान ३६ वर्षीय दिल कुमार सुनार र छोरा १२ वर्षीय निरज सुनारलाई उक्त खोलाले बगाएका थियो ।

छोरा निरजको लाई सकुशल उद्दार गरिएको थियो ।इलाका प्रहरी कार्यालयल पिपराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही खोलाको किनारमा राममायाको शव फेला परेको हो । बेपत्ता भएका दिल कुमारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630