skip this

कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

1.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने सम्वन्धमा सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहरदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री देउवाले वार्षिक बजेट र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सरकारले ल्याएको बजेट कार्यान्वयनका विषयमा मन्त्रालय तहबाटै प्रभावकारी काम नभएको गुनासो आएपछि प्रधानमन्त्री देउवाले सबै मन्त्री र सचिवलाई बोलाएर निर्देशन दिएका हुन् ।

बैठकमा सरकारको एक वर्षे काम कारबाहीबारे समीक्षा समेत भएको छ । गत वर्ष असार २९ मा सरकारको नेतृत्व सम्हालेका देउवाले योबीचमा भएका काम कारबाहीको बिफ्रिङ पनि लिएका थिए ।

nijgadh-supermart-adz1200-630