skip this farak Kura Pravakar

सनराइज बैंकको ७९ औं शाखा रहित बैंकिङ्ग सेवा बारागढीको बिसुनपुर्वामा उद्घाटन

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : सनराइज बैंक लिमिटेडले बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं. २,बिसुनपुर्वा,बारा मा शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनमा ल्याएको छ ।
शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसंगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या ७९ पुगेको छ । बैंकले बारागढी गाउँपालिका वडा नं.२,बिसुनपुर्वा,बारा मा खोलेको शाखारहित बैंकिङ्ग सेवाको ब्यवसायीक प्रतिनिधिका रुपमा कृषनन्दन कुश्वाहालाई नियुक्त गरिएको बैंकले जनाएको छ । शाखा रहित बैंकिङ्ग सेवा शनिबार समुद्घाटन कार्यक्रम बारागढी गाउँपालिका वडा नं. २ बिसुनपुर्वा, अध्यक्ष कृष्ण चौधरी को प्रमुख आतिथ्यता भएको हो ।
सन्राइज बैंक निजगढ शाखाका शाखा प्रबन्धक प्रद्युम्न आचार्यको सभा अध्यक्षता र इलाका प्रहरी कार्यलय बारागढी गा.पा. को प्रमुख उमा शंकर गुप्ताको विशेष आथित्यता तथा बैंकका अन्य कर्मचारीहरु लगायतका, शिक्षक,स्थानीय उद्योगी, व्यवसायिहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बारागढी गाउँपालिका वडा नं. २,बिसुनपुर्वा का स्थानियबासीहरु तथा ब्यबसायीहरु समेतको बाक्लो उपस्थिती रहेको थियो ।
सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा,७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ । बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा सञ्चालन गर्दैजाने योजना रहेको जनाएको छ ।

nijgadh-supermart-adz1200-630