नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्डः : निजगढकी सजनाले जितिन् पपुलर मेकअप आर्टिस्ट अवार्ड
कलाकारदेखि सौन्दर्यबिद्सम्म सम्मानित
वि.सं.२०७९ भदौ २७ सोमवार ११:३७

काठमाडौं–बाराको निजगढ ४ की सजना खतिवडाले ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड–२०२२’ मा पपुलर मेकअप आर्टिस्ट सजना खतिवडाले अवार्ड जितेकी छिन ।
‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने नाराका साथ नेपाली फेसन एण्ड मनोरञ्जन क्षेत्रको अवार्ड तथा सम्मान कार्यक्रम ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड–२०२२’ आयोजना गरिएको हो ।
हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा र्याडिसन होटलमा सम्पन्न भएको उक्त कार्यक्रममा दर्जनौ सेलिब्रेटीसंगै सौन्दर्य विधाका व्यक्तित्वहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।
सजनाले यसअघि प्याजेन्ट नेपाल ईन्टरनेशनलले आयोजना गरेको फेसन एण्ड मोडल अवार्ड–२०२१ को पपुलर टाइटल अवार्ड (प्रोफेशन बेस) जितेकी थिईन । उनी ब्यूटिसियन नेपाल २०२० की विजेता समेत हुन् ।

कसले के जिते ?
कार्यक्रममा विशेष विधा अन्तर्गत पपुलर सिने स्टार अवार्डबाट अभिनेत्री स्वस्तिमा खड्कालाई सम्मान गरियो ।
मोसन पिक्चर्स एक्टिङ स्टार अवार्डबाट अभिनेता सरोज खनाल र मोसन पिक्चर्स क्विन अफ एक्टिङ अवार्डबाट अभिनेत्री गौरी मल्ललाई सम्मान गरियो ।
समारोहमा आइकोनिक पपुलर मोडल अवार्डबाट मोडल तथा अभिनेता दिक्पाल कार्की, पपुलर ड्रेस डिजाइनर अफ इन्टरटेन्मेन्ट इन्ड्रस्ट्रि अवार्डबाट सुक्निता चौलागाईँलाई सम्मान दिइएको थियो ।
एभरग्रिन मेलोडी भोकल स्टार अवार्डबाट गायक आनन्द कार्की, क्विन अफ एभरग्रिन भ्वाईस अवार्डबाट गायिका अञ्जु पन्त, आइकोनिक पप स्टार अवार्डबाट गायक धिरज राईलाई सम्मान गरिएको थियो ।

समारोहमा स्नेहा रानालाई आइकोनिक मेकअप
आर्टिस्ट, तेन्जिङ भुटियालाई आइकोनिक फेसन डिजाइनर, रोजिन शाक्यलाई आईकोनिक फेसन कोरियोग्राफर अवार्डबाट सम्मानित गरियो ।
समारोहमा स्पेसल हिरो अवार्डबाट धर्म बहादुर बानियाँ, प्रभावशाली सामाजिक अभियन्ता अवार्डबाट साबित्री शाह, आइकोनिक लोक गायिका अवार्डबाट राधा हमाल बानियाँ, सोसियल वेलफेर वर्कर अवार्डबाट मनु बान्ता मगर सम्मानित भएका थिए ।
इमर्जिङ तथा एस्पायरिङ विधा अन्र्तगत इमर्जिङ फेसन डिजाइनर सरस्वती अधिकारी, इमर्जिङ मेकअप आर्टिस्ट निशा थापा, एस्पायरिङ मेकअप आर्टिस्ट तबिता राई, पपुलर टाइटल बिजेता मिस केञ्जल योङहाङ, पपुलर टाइटल विनर मिसेस समुदाय विधा अन्तर्गत
भिश्मा नेम्बाङ, पपुलर पेजेन्ट मेकअप आर्टिस्ट पवित्रा सुब्बा तामाङ, पपुलर मेकअप आर्टिस्ट सजना खतिवडाले अवार्ड जितेका थिए ।
त्यस्तै प्रमुख विधा अन्तर्गत बेस्ट टाइटल विनर मिसेस निता लिङ्देन, बेस्ट इभेन्ट मेकअप आर्टिस्ट सबिना तामाङ, बेस्ट फेसन मोडल निङ्ग्मा लमु शेर्पा, बेस्ट फेसन मोडल टिन, जेनिभा मर्हजन, बेस्ट पेजेन्ट मेकअप आर्टिस्ट गिता राई र बेस्ट टाइटल विनर प्रोफेसन विधामा मञ्जु थापाले अवार्ड उचालेका थिए ।
कार्यक्रमको सुरुवातमै गायक धिरज राईले हिमालयन मुभिज प्रोडक्सन हाउसकी प्रवन्ध निर्देशक हिमानी सुब्बाको कोरियोग्राफीमा धमाकेदार प्रस्तुति दिएका थिए । धिरजको प्रस्तुतिसंगै हिमानीले सुन्दरीहरुलाई हिँडाएकी थिइन् ।
वि.सं.२०७९ भदौ २७ सोमवार ११:३७

















