skip this

निजगढ ७ को सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयलाई एनआईसी एसिया बैंकद्धारा सामाग्री सहयोग

465 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको नगरपालिकाको नगरकै उत्कृष्ट विद्यालय निजगढ ७ लच्कास्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयलाई एनआईसी एसिया बैंकले प्राविधिक सामाग्री सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको निजगढ शाखाले दुई थान प्रोजक्टर र एक थान ल्याप्टप विद्यालयलाई सहयोग गरिएको बैंकका वीरगञ्ज सर्कल हेड गोपालप्रसाद सुवेदीले बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारले विद्यार्थीलाई पठन पाठनका लागि ल्याप्टप र प्रोजेक्टर उपयोगी हुने भन्दै सहयोगका लागि बैंकप्रति आभार व्यक्त गरेका छन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बैंकका निजगढ शाखा प्रमुख राजु तिमल्सिना, कर्जा शाखाका मुकुन्द शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

 

nijgadh-supermart-adz1200-630