skip this
रौतहटको चन्द्रपुरमा धक्कापछि युवकको मृत्यु
बाटो हिँडिरहेका विष्णु सुवेदीलाई अचानक धकेलेको आरोप

श्रीमतीसँगको विवादबीच बाटो हिँडिरहेका युवकलाई धकेल्दा मृत्यु

255 shares
oil-nigam-amlekhgunj-adv.jpeg

चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदीको उपचार अभावमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा बाराको निजगढ नगरपालिका–६ का ३८ वर्षीय विमल मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मोक्तान मदिरा सेवन गरेर श्रीमतीसँग सडकमा झगडा गरिरहेका थिए। त्यही समयमा बाटो हुँदै गइरहेका सुवेदीसँग उनको सामान्य भनाभन भएपछि उनले सुवेदीलाई जोडले धकेलेका थिए। धक्कापछि सुवेदी सडकमा पछारिँदा गम्भीर चोट लागेको बताइएको छ।

घटनापछि स्थानीयवासीले उनलाई चन्द्रनिगाहपुरस्थित रिसरेखा अस्पताल पुर्‍याएका थिए। चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि अन्यत्र लैजान सल्लाह दिएका थिए। तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनलाई घरमै लगिएको थियो।

घर फर्किएको केही घण्टापछि गएराति सुवेदीको मृत्यु भएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

nijgadh-supermart-adz1200-630