skip this

दसैं बिदापछि नेप्से परिसूचकमा उच्च वृद्धि

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg
काठमाडौ। दसैंको विदापछि आइतबारबाट खुलेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि  भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४.६२ अंकले वृद्धि भएर १८९८.३८ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८.७८ अंकले उकालो लागेर तीन सय ७२.२१ मा पुगेको छ । कुल दुई सय २४ कम्पनीको २५ लाख ३३ हजार तीन सय ९३ कित्ता सेयर ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० मूल्यमा कारोबार भयो ।

नेप्से परिसूचकमा उच्च अंककाे वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन सकेन । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । जीवन बिमा, विकास बैंक, निर्जीवन बिमा, लघुवित्त र उत्पादन उपसमूहको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

आइतबारको कारोबारपछि कुल पुँजीकरण २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार दुई सय २२ बराबर कामय भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड ६९ लाख ८१ हजार सात सय ४४ बराबरको कारोबार भएको छ ।

नबिल बैंक तीन करोड ५१ लाख ९८ हजार चार सय २९, हिमालयन डिस्टिलरी दुई करोड ३१ लाख ४४ हजार पाँच सय ७१, अपि पावर कम्पनी एक करोड ८९ लाख १७ हजार दुई सय ६९ र शिवम् सिमेन्टको एक करोड ७७ लाख ८४ हजार दुई सय ५४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैंक ९.९५, उपकार लघुवित्त ९.८४, गुह्यश्वरी मर्चेन्ट बैंक ८.७०, मितेरी डेभलपमेन्ट बैंक ८.२३ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.९७ प्रतिशतले कमाएका छन् ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक ४.४८, आरबीबी म्युचुअल फण्ड एक १.९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम १.९६, सिटिजन म्युचुअल फण्ड एक १.८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले १.८० प्रतिशतले गुमाएका छन् ।

nijgadh-supermart-adz1200-630