skip this farak Kura Pravakar

सलाम मुख्य प्रशिक्षक अलमुताइरी !

846 shares
oil-nigam-amlekhgunj-adv.jpeg

विदेशी नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक हुन् ।
    उनले नेतृत्व सम्हालेसंगै नेपालले एतिहासिक सफलता पाईरहेकाे छ ।
    नेपाली फुटबल टिम पहिलो पटक जारी साफ च्याम्पियनसिपकाे फाइनलमा पुग्याे ।
त्याे संगै नेपाल पनि उपाधिको दाबेदार राष्ट्र बनेकाे छ । आज राती उपाधि भिडन्त छ । नेपालले साविक बिजेता भारतकाे सामना गर्दैछ । भारतले पटक-पटक उपाधि उचाल्दै आएकाे छ ।
    फाइनल खेलकाे पुर्वसन्ध्यामा साफले नेपाली प्रशिक्षकलाई निलम्बितकाे निर्णय सुनाएकाे छ । याे निर्णय खेदजनक छ । याे नेपालीमाथि अन्याय हाे ।
    याे अन्यायकाे विरुद्ध मुख्य प्रशिक्षक अलमुतमइरीले नेपाल राष्ट्रकै प्रतिनिधिका रुपमा खम्बा बनेर आवाज उठाएका छन् । यसप्रति म सलाम गर्न चाहान्छु । नेपाली टिमले उपाधि उचालेकाे क्षणकाे प्रतिक्षामा बसेका नेपालीलाई झड्का दिने याे निर्णय विरोध स्वभाविक छ ।
   अलमुताइरीले भर्चुअल प्रेस मिटमार्फत आक्राेश पाेखेका छन् । उनले नेपालीले पाएकाे सफलता साफलाई मन नपरेकाे मात्र भनेनन् भारतलाई बिजेता घाेषणा गरेर देखाउन चुनाैति समेत दिएका छन् । उनले निर्णय विरुद्ध न्यायिक लडाइँ लड्ने घाेषणा गरेका छन् ।
    नेपालले भारतसंगकाे प्रतिष्पर्धामा सफलता पाउन सकाेस् शुभकामना नेपाली टिम !

nijgadh-supermart-adz1200-630