skip this

निरुको ‘माया मेरी’मा सुधीर र उषा

735 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : गायिका निरु घिमिरेको स्वर रहेको नयाँ गीत ‘माया मेरी’ सार्वजनिक भएको छ ।
    लोकशैलीमा तयार गीतमा गायिका घिमिरेलाई गायक प्रमोद खरेलले स्वरमा साथ दिएका छन् । मुनाल शिशिर कोइरालाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ ।
गीतको संगीत संयोजन पुरुषोतम सुवेदीको छ । भिडियोमा सुधीर श्रेष्ठ, उषा उप्रेती, कमल सिंह र जुना कार्कीको रोमान्स देख्न सकिन्छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो विकल्प क्रियशनले निर्माण गरेको हो ।
   उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादन रहेको भिडियोमा मुनाल शिशिर कोइरालाको निर्देशन छ ।
हेर्नुस् भिडियो

nijgadh-supermart-adz1200-630