काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण
वि.सं.२०७९ कात्तिक १९ शनिवार १६:००
2.7K
shares

काठमाडौं ।निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई स्पष्टिकरण सोधेको छ । ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टिकरण मागेको हो ।
आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।
वि.सं.२०७९ कात्तिक १९ शनिवार १६:००

















