बढ्यो सुनको मूल्य
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १२:०१
810
shares

काठमाडौं। सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जनाएको छ ।जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ ।
सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो ।यससँगै, चाँदीको मूल्य भने स्थिर छ । महासंघले चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जनाएकाे छ ।
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १२:०१

















