नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण फुटबल खेल आज
वि.सं.२०७८ कात्तिक ५ शुक्रवार ०७:०१
1.45K
shares

काठमाडौँ : नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।
नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले इन्डोनेसियाको यू-२३ टिमसँग ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा साँझ ५:४५ बजे खेल्दैछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।
वि.सं.२०७८ कात्तिक ५ शुक्रवार ०७:०१
















