एमाले सचिव भट्टराईले ताप्लेजुङ र सुदूरपश्चिम इन्चार्ज भट्टले कैलालीमा गरे मतदान
वि.सं.२०७९ मंसिर ४ आइतवार ११:०६
876
shares

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले मैवाखोला गाउँपालिका–३ साघुमा मतदान गरेका हुन् ।ताप्लेजुङबाट भट्टराईसँग माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ मुख्य प्रतिस्पर्धी हुन् ।
त्यस्तैकैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार तथा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मतदान गरेका छन् ।भट्टले कैलालीको गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्र ‘ख’बाट पहिलो मत खसालेका हुन् ।कैलाली ४ मा एमालेबाट भट्ट र कांग्रेसबाट वीरबहादुर बलायर मुख्य प्रतिस्पर्धी छन् ।
वि.सं.२०७९ मंसिर ४ आइतवार ११:०६

















