नारायणकाजी श्रेष्ठले गोरखा र रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरे
वि.सं.२०७९ मंसिर ४ आइतवार ११:१३
1.01K
shares

काठमा। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गरेका छन् ।उनले आफ्नो जन्मथलोसमेत रहेको जौबारीको परोपकार आदर्श मावि ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरेकी छन् । उनले आज बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।गुल्मी(२ बाट झाँक्रीसँगै एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् ।
वि.सं.२०७९ मंसिर ४ आइतवार ११:१३

















