बारा १ (ख) प्रदेश सभा : जसपा उम्मेदवार यादबले अग्रता बढाउँदै, कसको कति मत ?
वि.सं.२०७९ मंसिर ८ बिहीवार ०८:३४

बारा–बारा क्षेत्र नं. १ (ख) प्रदेश सभातर्फ १८ हजार ५ सय १५ मत गणना हुदाँ जसपा उम्मेदवार सरोज यादबले अग्रता बढाउँदै लगेका छन् ।
कांग्रेसका उम्मेदवार नागेन्द्र प्रसाद साहले भन्दा २ हजार १ सय २९ मतले यादब अगाडी छन् ।
१३ हजार ३ सय ३४ मतगणनामा हुदा १ हजार ६ सय ७२ मतले अग्रता लिएका यादबले १८ हजार ५ सय १५ मत गणना हुदाँ थप अग्रता बढाउँदै लगेका छन् ।
मतपरिणाम अनुसार जसपा उम्मेदवार सरोज यादबले ७ हजार ९ सय ९ मत ल्याएका छन् ।
कांग्रेसका नागेन्द्र प्रसाद साहले ५ हजार ७ सय ८० मतसहित यादबलाइ पछयाइ रहेका छन् ।
नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार बतहु यादब १ हजार ३ सय ८५ मतसहित तेस्रो स्थानमा छन् । त्यसैगरि स्वतन्त्र उम्मेदवार संजय प्रसाद यादब (व्याडमिन्टन कर्क) ले ९ सय ८१ मत प्राप्त गरि चौथो स्थानमा छन् ।
त्यसैगरि जनमत पार्टीका उमेश प्रसाद कलवार ९ सय ६७ मतसहित पाँचौ स्थानमा छन् ।
त्यसैगरि स्वतन्त्र उम्मेदवार कमरुल्लाह अन्सारी (कमिज) ले ६ सय ५० मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टीका उमेश प्रसाद कलवारले १ सय ५१ मत, स्वतन्त्र उम्मेदवार राजकुमार प्रसाद साह (विजुलीको चिम) ले ६० मत, स्वतन्त्र उम्मेदवार विन्देश्वर यादब (जिप) ले ५१ मत, राप्रपा नेपालका जोखु सा कानुले ४७ मत, स्वतन्त्र उम्मेदवार प्रभु दास तत्वा (केराको काईयो) ले ३०, स्वतन्त्र उम्मेदवार अशोक कुमार यादब (स्कुटर) ले १९ मत, स्वतन्त्र उम्मेदवार अरुण कुशवाह (लालटिन) ले १३, स्वतन्त्र उम्मेदवार राकेश कुमार कुशवाह (पंखा) ले १० प्राप्त गरेका छन् ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार ०८:३४

















