skip this

दाङमा गाडी दुर्घटना, ८ जना घाइते

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

दाङ : दाङको देउखुरीमा आज बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट दाङको सतबरियातर्फ जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी लमही नगरपालिका–७ दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा १७ वर्षीया मीना घर्ती, १५ वर्षीया रबिना घर्ती, १० वर्षीय विजय घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही ६ देउपुर निवासी वर्ष ३६ को तुल्सीराम न्यौपाने घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको लमहीमा नै उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630