skip this

जवरजस्ती विवाह गर्न खोजेपछि साथीको शरणमा पुगिन् एक युवती 

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : परिवारले विवाहको कुरा चलाएपछि सुनसरीको दुहवी नगरपालिका– ८ सोनापुरकी एक युवतीले साथीको शरणमा पुगेकी छन्।
परिवारमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाइएपछि स्थानीय खदिजा खातुन घर छाडेर साथीको शरणमा पुगेकी हुन्।
आफूलाई कक्षा ७ सम्म मात्रै पढाएको परिवारले पठनपाठबाट वञ्चित गरेको पछिल्लो समय वैशाखमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाएपछि असार दोस्रो हप्तादेखि घर छाडेर सुरक्षित साथ साथीको शरणमा पुगेको खदिजाले बताइन्।
परिवारले प्रहरीसम्म उजूरी गर्नका लागि गएको सूचना पाएपछि विराटनगरमा साथी कहाँबाट भिडियो र प्रेस विज्ञप्तिमार्फत आफू सुरक्षित रहेको सार्वजनिक गरेको खदिजाले जानकारी दिइन्।
परिवारले मावि र उच्च शिक्षासम्म पढ्नबाट वञ्चित गरेको अरोप लगाउँदै खदिजाले विवाह पनि आफूले चाहेको भन्दा अर्कैसँग इच्छा विपरीत गर्न खोजेकाले सुरक्षाका लागि साथीको शरणमा पुगेको बताइन्।

nijgadh-supermart-adz1200-630