skip this

प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला अनिवार्य हुनैपर्ने कानुनी व्यवस्था गर्ने –दिनेशकुमार थपलिया

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राजनीतिक दलहरुले प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा ३३ प्रतिशत महिला अनिवार्य हुनैपर्ने कानुनी व्यवस्था गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।आज राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रमुख थपलियाले निर्वाचन सम्बन्धी नयाँ विधेयकमा यो व्यवस्था राख्ने जानकारी दिएका छन् । प्रमुख थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचनमा निर्वाचित हुने प्रणालीतर्फ ३३ प्रतिशत महिला उम्मेदवारी दलले दिनैपर्ने भन्ने प्रावधान राखेको जानकारी दिएका छन् ।

स्थानीय तहको प्रमुख र उपप्रमुख अथवा, अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ । प्रमुख थपलियाले दलहरुले अध्यक्ष वा उपाध्यक्षमध्ये एक जनामात्रै उम्मेदवार बनाउँदा के गर्ने भन्ने कानुनमा प्रष्ट नभएको र अब बन्ने कानुनमा एउटा पदमा मात्र उम्मेदवार बनाउँदा महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गर्ने बताएका छन् ।

nijgadh-supermart-adz1200-630