आज बागमती प्रदेश सभाको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा
वि.सं.२०७९ फागुन १० बुधवार ०९:५४
1.04K
shares

काठमाडौं । आज बागमती प्रदेश सभाको बैठक बस्दै छ । बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ ।बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकका कार्यसूची तय गर्ने छ ।
राजेन्द्र पाण्डे नेतृत्वको अघिल्लो सरकारले पाँच वटा अध्यादेश जारी गरेको थियो । अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत् पारित गरी प्रमाणित गर्नुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्थाअनुसार आज प्रदेश सभा बैठक बस्न लागेको हो ।
वि.सं.२०७९ फागुन १० बुधवार ०९:५४
















