skip this

मृगौला रोगीलाई क्यान्सरको जोखिम उच्च–अध्ययन

633 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । हल्कादेखि मध्यम दीर्घकालीन मृगौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा सीकेडी भएका व्यक्तिहरूलाई निश्चित क्यान्सरका कारण मृत्युको उच्च जोखिम हुने अध्ययनमा उल्लेख छ ।

अमेरिकी जर्नल अफ किड्नी डिजिजमा हालै प्रकाशित सो अध्ययनले सीकेडीको प्रभावबारे कम थाहा भएको विषयलाई बाहिर उजागर गरेको छ । अध्ययन लेखकहरूका अनुसार ह्दयसम्बन्धी रोगलाई परम्परागत रूपमा किड्नी रोगको जोखिमसँग जोडेर हेरे पनि क्यान्सरबारे भने खासै उल्लेख गरिएको थिएन् ।

‘किड्नी रोगका ठूलो संख्याका बिरामीमा क्यान्सर मात्र देखिएको छैन्, उनीहरूमा क्यान्सको नराम्रो परिणाम देखिएको छ’, टोरन्टो विश्वविद्यालयका नेफ्रोलोजिस्ट तथा अध्ययनका प्रमुख लेखक अभिजात किचलुले भने ।‘बारम्बार निदानबाहेक यी बिरामीहरूले सामान्य मृगौला भएका मानिसहरूको तुलनामा नराम्रो प्रतिकृया देखाए’, उनले थपे ।

nijgadh-supermart-adz1200-630