आज एएफसी यू–२० महिला टोली स्वदेश फर्किए
वि.सं.२०७९ फागुन ३० मंगलवार ०९:४२
855
shares

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली टोली आज बिहान स्वदेश फर्किएका छन् ।नेपाली टोलीलाई एन्फाका प्रवक्ता सुरेश शाह, महिला कमिटिका संयोजक तथा एन्फा सदस्य सरिला श्रेष्ठले स्वागत गरेका थिए ।
छनोटको समूह बी मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।छनोटको दुबै खेलमा नेपालले सानदार जित निकालेको थियो ।अब दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।
वि.सं.२०७९ फागुन ३० मंगलवार ०९:४२

















