skip this

अभ्यु मिडियाले सुरु गर्याे नारी नेपाल अनलाइन पत्रिका

मन्त्री शर्माले गरिन् नारी नेपाल शुभारम्भ

3.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-काठमाडौंकाे पर्यटन बार्डमा आयोजित एक कार्यक्रमका बीच नारी नेपाल अनलाइन पत्रिकाकाे शुभाम्भ गरिएकाे छ ।

अभ्यु मिडिया प्रा. लि. द्वारा आयोजित सञ्चालन गर्न लागेकाे अनलाइनकाे सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले ल्यापटपको स्विच अन गरि शुभारम्भ गरेकी हुन् ।

उद्घाटन समाराेहमा मन्त्री शर्माले ५१ % महिलाको जनसंख्या रहेको हाम्रो देशमा सञ्चार क्षेत्रमा पनि पछिल्लो समय महिलाहरूको रुचि बढदै गएकोमा आफुलाई खुसी लागेको बताईन् ।

महिलाहरुले पनि पुरुष सरह मानवीय जीवन जिउँन पाउनुपर्ने बताउदै उनले भनिन्- महिलाहरूले जनयुद्धमा पनि बच्चा र बन्दुक दुबै बोकेर लडाइँ लडेको, सडकदेखि सदन सम्म आन्दोलन गर्दै आएको तर पुरुषले बन्धुक मात्र बोके पुग्थ्यो । महिला कार्यक्रममा बसिरहदा पनि घर, बच्चा, परिवारको कुरा सम्झिरहेका हुन्छन् ।´ उनले महिलाको भुमिका पुरुषहरु भन्दा दोब्बर रहेको बताईन् ।


उनले थपिन- सांसद भित्र हामी महिला धेरै छौं । कानुन बनाउने कुरामा पनि महिला धेरै छौँ तर बाहिर त्यसको मुल्य छैन । समाचारमा महिलाको नकारात्मक कुरा बढी आउँछ । नकारात्मक सुध्रनको लागि लेख्ने हो र अझ बलियो बनाउन राम्रो कुराको पनि उजागर गर्नुपर्ने हुन्छ ।

आफुहरुले आमसञ्चार ऐन चाडैं नै बनाउन खोजेको र नीति कार्यक्रम बनाउदा महिलाको क्षेत्रमा कस्तो बनाउँदा राम्रो हुन्छ नीति कार्यक्रम मा सरकारले के गर्न सक्छौ भन्नेमा लागेका मन्त्री शर्माले बताइन् ।

त्यसैगरी प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले अब अनलाईन वर्गीकरण गरिने बताए ।

नेपाली काङ्ग्रेसकी राष्ट्रिय सभा सदस्य अनिता देबकोटाले सञ्चार क्षेत्रमा चुनौती रहेको र अझ महिलालाई झन चुनौती रहेको र कार्यान्वनको अवस्थ धेरै फितलो रहेको बताईन् ।

न्युनतम पारिश्रमिक निर्धारित समितिका अध्यक्ष संगीता खडकाले पत्रकारिता क्षेत्रमा चुनौती रहेको समाचारका कारण धेरैको ज्यान बच्ने, कानुनी कार्वाही हुने धेरैले न्याय पनि पाएका छ्न् । त्यसको लागि सत्यतथ्य समाचार सम्प्रेषण होस । महिला पत्रकारहरुले पनि न्युनतम पारिश्रमिक तोकेर काम गराउदा आर्थिक रूपमा पनि सहयोग हुने बताईन् ।

सूचना आयुक्त कमला ओलि थापाले पत्रकारले गलत समाचार लेखेको कारण काहीँ काहीं ज्यान गएको उदाहरण पनि रहेको र सत्य तथ्य समाचार संकलन गर्दा जनताले सञ्चारकर्मी प्रतिको बिश्वास पनि बलियो रहने बताईन् ।

कार्यक्रममा सञ्चारिकाकि अध्यक्ष बिमला तुम्खव र घटना र बिचारकि बबिता बस्नेतले २००८ मा नारी पत्रीका निकालिएको हो तर पत्रिकाको निरन्तरता आउन ठुलो चुनौती रहेको र महिलाहरुले आफ्नो क्षमता र दक्षतालाई वृद्धि गर्न जरुरी रहेको बताएका छन् ।

नारी नेपाल अन्लाईन पत्रिकाकि प्रकाशक/ सम्पादक पूजा ढकालले अध्यक्षता गर्दै महिलाहरुले धेरै क्षेत्रमा आफ्नो सफलता प्राप्त गरिसक्न्नुभएको र आफ्नो अन्लाईन पत्रीकाले महिलाका राजनीतिक, शिक्षा, स्वास्थ, खेलकुद र सामाजिक हरेक क्षेत्रको समाचार संकलन गर्ने र भोलिको दिनमा महिलाको हरेक क्षेत्रमा सहभागीता हुन यो पत्रीकाले सहयोगको भुमिका खेल्ने बताईन् ।

nijgadh-supermart-adz1200-630