राप्रपाको पदाधिकारी बैठक बस्दै, उपनिर्वाचनबारे छलफल गर्ने
वि.सं.२०७९ चैत १३ सोमवार ०९:३९
696
shares

काठमाडौं। आज दिउँसो १ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक बस्दै छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा उपनिर्वाचनबारे छलफल गर्न बैठक बस्न लागेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।
बैठकमा वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ। साथै केही समय पछि हुने केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताएका छन्।
वि.सं.२०७९ चैत १३ सोमवार ०९:३९

















