skip this farak Kura Pravakar

सरकार पीडितको पक्षमा गम्भीर नभएको मिटर ब्याज पीडितको आरोप

783 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकार पीडितको पक्षमा गम्भीर नभएको मिटर ब्याज पीडितले आरोप लगाएका छन् । मङ्गलबार रिपोर्टस क्लबमा मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पीडितहरूले सरकार पीडितको पक्षमा गम्भीर नभएको आरोप लगाएका हुन ।कार्यक्रममा बोल्दै पीडित शिवशङ्कर महतोले पीडितलाई न्याय दिन सरकारले कुनै पनि कदम नचालेको दुखेसो गरे ।

उनले भने, ‘एक लाख लिएको पाँच लाखको कपाली भएको छ । उनीहरूको थोरै भएको सम्पत्ति पनि लिलाम भइरहेको छ । मिटर ब्याजलाई अपराध घोषणा गरेको छ । सरकारले अपराधीलाई कारबाही गर्न पर्दैन ?’त्यस्तै पीडित औदेश कुचुवाले सरकारले माग सम्बोधन नगरिदिए किसानहरू भूमिहीन हुने भन्दै मिटरब्याजीले बारम्बार पीडितलाई थप पिडा दिइरहेको गुनासो गरे ।आफ्ना तत्काल सम्बोधन गर्न सरकारलाई उनको आग्रह छ।

उनले भने, ‘सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरू खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउ पुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा रहेका पीडितहरूलाई तत्काल रिहाइ गर्नुपर्ने लगायतका माग छ ।’पीडितहरूले आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै न्याय नपाएसम्म आफूहरू काठमाडौं छाडेर नजाने चेतावनी दिएका छन् ।

nijgadh-supermart-adz1200-630