skip this

अमेरिकाकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

816 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । म्यानहट अदालतमा बयान दिन न्युर्योक पुगेका बेला उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीमाथि लागेका ३४ आरोप माथी सुनवाईको कममा उनी पक्राउ परेका हुन । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

बिबिसीका अनुसार म्यानहटन अदालतमा आत्मसमर्पण गरेका उनले आफूले कुनै अपराध नगरेको जिकिर गरेका छन् । उनी अदालतमा वयान दिनका लागि मंगलवार न्युर्योक आएका थिए ।

पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, राष्ट्रपति हुदाँ ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको देखी राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोपमा ट्रम्पमाथि छानबिन भईरहेको छ ।आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।

nijgadh-supermart-adz1200-630