सुनको भाउ बढ्दा चाँदी स्थिर
वि.सं.२०८० वैशाख १२ मंगलवार ११:३५
756
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि सोमबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
वि.सं.२०८० वैशाख १२ मंगलवार ११:३५

















