skip this

सुनको भाउ सामान्य घट्यो, चाँदी स्थिर

816 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १०० रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरि आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी,आज चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

nijgadh-supermart-adz1200-630